२०८२ मङ्सिर २२ गते सोमवार

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भिर घाइते

दाङ । दाङको बिजौरीमा मोटरसाइकलको ठक्करबाठ एक पैदलयात्री गम्भिर घाइते भएका छन् ।

पैदल यात्री तुलसीपुर उपमहानगरपालिका– ७ का ६५ वर्षका गौमती रोकाको दुवै खुट्टा, टाउको र छातिमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो ।

घाइते रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीुरमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको उहाँले जानकारी दिनुभयो ।

आज दिउँसो साढे २ बजेति तुलसीपुर उपमहानगरपालिका–१९ बासगडी कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

यस्तै मोटरसाइकल चालक तुलसुीपुर उपमहानगरपालिका– ७ का १६ वर्षका लक्षमण भुसाल र पछाडी सवार सोही ठाउँका १४ वर्षका रोहित खनाललाई शरिरमा सामान्य चोट लागेको र उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

चालक भुसाललाई उपचारपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लियको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस