दाङ । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका गौमती रोकाको उपचारको क्रममा मृत्यु भएको छ ।
हिजो बिजौरीमा पैदल हिडीरहेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ६५ वर्षका रोकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोका बनबाट पात टिपेर छिमेकीको घरमा पात छोड्न जाँदा मोटरसाइकलले ठक्कर दिएको आफन्तीले बताएका छन् ।
रोकाको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा हिजो शनिबार साँझ साढे ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
रोकाको दुवै खुट्टा, टाउको र छातिमा चोट लागेको थियो । घाइते रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीुरमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो
हिजो दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल यात्री रोकालाई ठक्कर दिएको थियो ।
दुईजना सवार रहेको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका– ७ का १६ वर्षका लक्ष्मण भुसालले चलाएको प्रहरीले जनाएको छ ।
भुसालको सवारी चालक अनुमतिपत्र नभएकाले लाइसेन्स नभएकोलाई मोटरसाइकल चलाउन दिएको भन्दै मोटरसाइकल धनी लक्षणको आमा मिना भुसाललाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।
मिनाविरुद्ध जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















