२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुरमा कुलोमा डुबेर एक पुरुष घाइते

तुलसीपुर । दाङको तुलसीपुरमा कुलोमा डुबेर एक पुरुष घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ सुकौरा रोडमा रहेको कुलोमा आज आइतबार बेलुकी ६ बजेतिर डुबेर एक पुरुष घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाका अनुसार पुरुषको परिचय भने खुलेको छैन । अन्दाजी ५५, ६० वर्ष उमेरका, नाम, थर र ठेगाना नखुलेका पुरुषलाई स्थानीयले गौरीगाउँतर्फ जाँदै गरेको कुलोमा बगिरहेको देखेपछि तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएको प्रहरी निरिक्षक रानाले बताउनुभयो ।

पुरुषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस