२०८२ मङ्सिर २२ गते सोमवार

कुलोमा बगेर दुई वर्षिया बालिकाको मृत्यु

तुलसीपुर । दाङमा कुलोमा बगेर दुई वर्षिया बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाका सुदेश बस्नेतको छोरी दुई वर्षिया सुस्मा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो सोमबार साढे ५ बजेतिर आगनमा खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसी बगाउँदा गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

बालिकालाई कुलोमा बगाएको देखेपछि उनको बुवाले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याएको प्रहरी निरिक्षक रानाले बताउनुभयो ।

प्रहरीका अनुसार बालिकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँके पठाइएको थियो ।

बालिकाकोे उपचारकै क्रममा गएराति करिब साढे ९ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताउनुभयो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस