२०८२ माघ २५ गते आइतवार

विज्ञान संकायतर्फ ज्ञान ज्योति मावि नेपाल प्रथम

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय विज्ञान संकाय तर्फ नेपाल प्रथम भएको छ । त्यस्तै व्यवस्थापन संकायतर्फ दाङ जिल्ला प्रथम भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले हिजो सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ज्ञान ज्योति माध्यमिक विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गरी विज्ञान संकायतर्फ उत्कृट नतिजा सहित नेपाल प्रथम भएको विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिनुभयो ।

त्यस्तै व्यवस्थापन संकायतर्फ विद्यालयका छात्र सन्दीप वलीले ३.९० जिपिए प्राप्त दाङ जिल्ला प्रथम हुनुभएको छ ।

ज्ञानज्योति सेकेन्डरी स्कुल लुम्बिनी प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल भएको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो ।

ज्ञान ज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनतले राम्रो नतिजा आएको सिइओ जिसीले बताउनुभयो ।

विद्यालयले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान ज्योति माध्यमिक विद्यालय पश्चिम नेपालमै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस