दाङ । दाङमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।
तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा ३ प ५४२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ४ प ६८८१ मोटरसाइकलले आज सोमबार साँझ पौने ५ बजेतिर तुलसीपुर–७ बम्नैमा पछाडिबाट ठक्कर दिएको थियोे ।
दुर्घटनामा रा ३ प ५४२७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका– ७ बम्नैका ५७ वर्षिय शालिकराम न्यौपाने गम्भिर घाइते हुनुभएको छ ।
न्यौपानेको टाउको र छातिमा चोट लागेको प्रहरीले जनाएको छ । उहाँलाइ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि. नेपालगंज पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
यस्तै रा४प ६८८१ नम्बरको मोटरसाईकल चालक तुलसीपुर–७ बम्नैका २४ वर्षिय डिल्लीराज चौधरी घाइते हुनुभएको छ । उहाँको हात खुट्टामा चोट लागेको छ । चौधरीको अवस्था सामान्य रहेको प्रवक्ता प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।
दुवै सवारी साधनलाई अस्थाइ प्रहरी पोष्ट पर्सेनीले नियन्त्रणमा लिएको छ ।














