२०८२ मङ्सिर २२ गते सोमवार

रोल्पामा फोर्स गाडी दुर्घटना


रोल्पा । रोल्पामा फोर्स गाडी दुर्घटना भएको छ ।

घोराहीबाट तालावाङ रोल्पा तर्फ जाँदै गरेको लु १ ज ३६१४ नंम्बरको सिल्भर कलरको फोर्स गाडि आज बुधबार दिउँसो २ बजेतिर माडि गाँउपालिका–२ ब्याङखोला स्थित सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गाडि बाटो देखि करिब २५/३० मिटर तल खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय घर्तिगाउँ रोल्पा बाट प्रहरी निरिक्षक देवसिंह भण्डारीको कमाण्डमा १० जनाको प्रहरी टोलि खटिएको छ । प्रहरीको टोलीले ५ जना घाईतेहरुलाई उद्दार गरी उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाएको छ ।

गाडीमा चालक सहित १४ जना सवार रहेको प्रहरीले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र थप विवरण आउन बाँकी रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस