२०८३ बैशाख ६ गते आइतवार

गाडी दुर्घटनामा घाइते भएकाहरुको पूर्ण विवरण सहित


रोल्पा । रोल्पामा फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय घर्तिगाउमा कार्यरत प्रहरी जवान कमलेश यादव, रोल्पा माडी गाउपालिका–३ का ३१ वर्षका भिमसेन रोका रहेका छन् ।

यस्तै माडी गाउपालिका–१ आरलनेटाका ४२ वर्षका तिलराम खत्री, माडी गाउपालिका–३ दारेकाटनाका ५५ वर्षका कमल वली, सोही ठाँउका ६० वर्षका कौशिला वली र.परिवर्तन गाँउपलिका–३ बागमाराका २५ वर्षका पवित्रा रोकामगरको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घाइतेहरुको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार माडी गाँउपालिका–३ तालाबाङका २६ वर्षका रेजिना रामिजाल, सोही ठाँउका १४ वर्षका पुर्णकला बिक, १७ वर्षका शर्मिला बिक, १८ वर्षका एलिशा घर्तिमग, १७ वर्षका मनोज बिक, १४ वर्षका नबिन बिक, माडी गाँउपालिका– ५ भावाङका २० वर्षका बिबेक घर्तिमगर रहेका छन् । उनिहरुको घर्तिगाउमा रहेको स्मृति हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घोराहीबाट तालावाङ रोल्पा तर्फ जाँदै गरेको लु १ ज ३६१४ नंम्बरको सिल्भर कलरको फोर्स गाडि आज बुधबार दिउँसो २ बजेतिर माडि गाँउपालिका–२ ब्याङखोला स्थित सहिदमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडि बाटो देखि करिब २५/३० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक रोल्पा नगरपालिका–७ दाङवाङका २७ वर्षका होम नारायण बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडीमा चालक सहित १४ जना सवार रहेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस