तुलसीपुर । हाम्रो पहुँच बाल क्लवले तिज विशेष कार्यक्रम गरेको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी हाम्रो पहुँच सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुले तिज विशेष कार्यक्रम गरेका हुन् ।
हाम्रो पहुँच बाल क्लवका उपाध्यक्ष शिखा थापाको अध्यक्षता तथा हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि प्रधानाध्यापक भण्डारीले विद्यार्थीहरुको सिर्जनशीलता, प्रतिभा र संस्कृतिप्रतिको लगाव प्रशंसनीय भएको बताउनुभयो । उहाँल विद्यालयले शिक्षासँगै संस्कार र परम्परा जगेर्ना गदै आएको बताउनुभयो । यो कार्यक्रमले विद्यार्थीलाई संस्कृतिप्रतिको गर्व र आत्मविश्वास दिलाउने उहाँको भनाई छ ।
कार्यक्रममा तिज नृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । जसमा कक्षा ४ को जि समूह प्रथम, ९ को जि समूह द्धितिय र ७ को जि समूह तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले तिज गितमा नाचगान गरेका थिए ।

कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । बाल क्लवका सदस्य अनुप पौडेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुभम अधिकारीले गर्नु भएको हो ।
















