दाङ । आज भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको मृत्यु भएको हो ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । त्यस्तै २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।
यद्यपि आन्दोलन रोकिएको छैन । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ ।















