२०८२ माघ ७ गते बुधवार

राप्ती नदीमा डुबेर एक जना बेपत्ता


दाङ । देउखुरीको राप्ती नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । लमही नगरपालिका–४ बड्का घुम्नाका ५५ वर्षीया ईश्वर चौधरी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चौधरी हिजो बिहिबार बेलुकी ६ बजे राप्ती पारीबाट वारि घर आउँदै हुनुहुन्थ्यो । लमही–कोइलावास सडक खण्डको बलरामपुर पुल आसपास नदिको डिलबाट राप्ती नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४१ रिजर्भ हेक्वा अर्जुनखोलाका प्रमुख अर्जुन खत्रीले जानकारी दिनुभयो ।

बेपत्ता भएका चौधरीलाई तालिम प्राप्त उद्दार शसस्त्र प्रहरीको टोली र वडा प्रहरी कार्यालय लमहीले संयुक्तरूपमा खोजीकार्य गरिरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस