२०८२ कार्तिक ३० गते आइतवार

तुलसीपुर कारागारबाट भागेकामध्ये १२५ जना कैदीबन्दी पक्राउ


दाङ । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका कैदीबन्दी पक्राउ पर्ने क्रम जारी रहेको छ । हालसम्म कारागारबाट भागेका २५३ जनामध्ये १२५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

नेपाल प्रहरी, शसस्त्र प्रहरीलगाएतको सहयोगमा ती कैदी बन्दीलाई पक्राउ गरेको तुलसीपुर कारागार प्रशासन प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिनुभयो ।

यस्तै १३ जना कैदीबन्दी सम्पर्कमा आएको कारागार प्रशासनले जनाएको छ । ति १३ जना कैदीबन्दी जिल्ला बाहिरका विभिन्न कारागारमा रहेका छन् । कारागार प्रशासन प्रमुख सेजुवालका अनुसार सम्पर्कमा रहेका १३ जनामध्ये कैलाली कारागारमा ६ जना, कपिलवस्तु कारागारमा ३, बर्दियामा १ प्युठानमा १, रोल्पामा १ र रुकुम पश्चिममा १ जना कैदी रहेका छन् । उनिहरुलाई अवस्था सामान्य बनेपछि मात्रै तुलसीपुरमा ल्याउने प्रशासन प्रमुख सेजुवालले जानकारी दिनुभयो ।

कारागारबाट भागेका कैदीबन्दीहरुलाई फर्किनको लागि जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेको थियो । हाल १२ जना जति आफै फर्किएको उहाँले जानकारी दिनुभयो ।

भागेका २५३ जना मध्ये अझै ११५ जना सम्पर्कविहिन रहेका छन् । फरारको खोजीकार्य जारी रहेको कारागार प्रशासनले जनाएको छ । भदौ २४ गते १२४ जना र २५ गते १२९ जना गरी कुल २५३ कैदीबन्दीले जेनजी आन्दोलनको क्रममा कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस