२०८२ फाल्गुन २ गते शनिवार

सवारी ठक्करबाट दशैँको दिनमै अस्ताए तुलसीपुरका सन्तु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मेट्रो कलेज नजिकै हरिपौरीमा सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अन्दाजी ६५ वर्षीय तुलसीपुर–१४ गोठुवाका सन्तु थारुलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलले ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गर्दा मोटरसाइकलको लेखगार्ड घस्रिएको जस्तो देखिएको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

घाइते थारुलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका छन् । सवारीसाधन र चालक फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस