दाङ। दाङ र सल्यानसहित विपदबाट प्रभावित नभएका जिल्लामा आजदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि सम्पूर्ण सरकारी कार्यालयहरुलाई सेवा सुचारु गर्न निर्देशन दिएका छन् ।
वर्षापछि आएको बाढी, पहिरोजस्ता विपदका कारण आजसम्मलाई सार्वजनिक विदा दिने निर्णय भएपनि विपदबाट प्रभावित नभएका जिल्लामा आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् ।
दशैँको फुलपाती असोज १३ गतेदेखि बन्द भएका सरकारी कार्यालय आजदेखि खुल्ने भएपछि कर्मचारी पनि कार्यक्षेत्रमा फर्किएका छन् । कतिपय टाढाका कर्मचारी भने आजसम्म कार्यस्थलमा फर्किने भएका छन् ।
गृह मन्त्रालय, शान्ती सुरक्षा तथा अपराध नियन्त्रण शाखाले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुले आजदेखि सार्वजनिक सेवा सूचारु गर्न पत्र पठाएको थियो । सोहि पत्रअनुसार आजदेखि सबै सरकारी सेवा सुचारु हुने दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।















