२०८२ असोज २४ गते शुक्रवार

तुलसीपुरमा बस दुर्घटना हुँदा दुई जना घाइते


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बस सहचालक बाँके कोहलपुर नगरपालिका–४ का २८ वर्षका सुनिल बिक र राप्ती सोनारी गाउँपालिका– ३ का २१ वर्षका कृष्णी चौधरी रहेका छन् । उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहर िप्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।

बस चालक बाँके बैजनाथ गाउँपालिका–१ का ३२ वर्षीय कृष्णबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस भने घटनास्थलमै रहेको र सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२१३ नम्बरको बस दिउँसो अपरान्ह ४ बजेतिर अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएको थियो । घटनास्थलमा प्रहरी नायब निरीक्षक पाराश्वर डाँगीको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस