२०८३ जेष्ठ २४ गते आइतवार

हाम्रो पहुँचको नयाँ नेतृत्व निर्विरोध चयन, अध्यक्षमा पुन : शुक्रराज भण्डारी

दाङ। तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार एक पदमा एक जनाको मात्रै उमेदवारी परेपछि मनोनयन दर्ता गरेकाहरु निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक शान्तराज गौतमले जानकारी दिनुभयो ।

संचालक समितिको अध्यक्षमा पुन : शुक्रराज भण्डारी चयन हुनुभएको छ । उहाँ यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । यस्तै खुला उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्विरोध चयन हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा ममता बस्नेत, सचिवमा जीवराज अधिकारी, कोषाध्यक्षमा दुर्गाप्रसाद भण्डारी, सहसचिवमा चिरञ्जीवी पौडेल चयन हुनुभएको छ ।

यस्तै खुला सदस्यमा गोविन्दराज भण्डारी, खेतुप्रसाद भण्डारी र खेन्टु गीरी, महिला सदस्यमा गंगा घिमिरे बोहरा, बिमला खड्का, शान्ता खनाल र शारदा सुनार चयन हुनुभएको छ । अधिवेशनबाट नयाँ १३ सदस्यीय संचालक समिति चयन भएको हो ।

यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा शरद शर्मा, सदस्यमा बोधप्रसाद खनाल र केशव बहादुर बस्नेत चयन हुनुभएको छ । सहकारीको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो ।

नयाँ संचालक समितिको सपथ, पदभार ग्रहण, पद हस्तान्तरण बिहिबार (असोज ३० गते) एकाई प्रतिनिधि सभाको बैठकमा हुने निर्वाचन समितिले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस