२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा राती १० बजेसम्ममात्रै देउसीभैलो खेल्न पाइने

दाङ। दाङमा राती १० बजेसम्ममात्रै देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको हो । प्रशासनले शान्ति र सुरक्षालाई मध्यनजर गरेर देउसीभैलो खेल्ने अधिकतम समय निर्धारण गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले देउसी भैलो लगायतका सांस्कृति कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन आग्रह गर्नुभएको छ । प्रशासनले पटका, भुईचम्पा लगायतका प्रज्वलनशिल तथा विष्फोटक पदार्थ ओसारपसार र बिक्रि वितरणमा समेत रोक लगाएको छ ।

चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने र म्याद नाघेका सामान बिक्रि वितरण गर्नेलाई कडाई गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस