२०८२ फाल्गुन २९ गते शुक्रवार

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ धुलेओडारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा सुनछहरी गाउँपालिका–६ का ३२ वर्षका थम्मन रोका मगरको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।

रोकालाई आज बिहान पौने ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै तिन जना घाइते भएका छन् । घाइते हुनेमा लुङ्ग्री गाउँपालिका–७ का ४० वर्षका खिम बहादुर पुन, लुङ्ग्री गाउँपालिका–४ सालडाँडाका २७ वर्षका भावना गिरी र उहाँको छोरी ५ वर्षका शान्ति गिरी रहेको प्रहरीले जनाएको छ । उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति करिब ९ः५० बजे सुलिचौरबाट किलाचौरतर्फ जाँदै गरेको लु २ च ८०१५ नम्बरको वलेरो पिकअप जिप सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

स्थानीय बासिन्दा तिलक भण्डारीले राति १०ः१५ बजे इलाका प्रहरी कार्यालय सुलिचौरलाई जानकारी गराएपछि प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमाण्डमा टोली घटनास्थल पुगेर घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याएको थियो । जिपमा चालकसहित चार जना सवार रहेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस