रुकुम पूर्व । रुकुम पूर्वमा अटो पल्टिदा दुई जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका –१ लुकुमको पञ्चासेमा अटो दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो । मृतकहरु एउटै घरका जेठानी देउरानी रहेका छन् ।
शनिबार साझ भुमे–१ स्यावालस्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा लुकुमबाट ब्राहतालतर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भइ सडकदेखि तीन सय मिटर तल खस्दा भुमे –१ लुकुमकी ३० वर्षकि रेजिना घर्ती र २५ वर्षकी फिसोल्टी घर्तिको मृत्यु भएको हो ।
अन्य ५ जना घाइते भएका छन । घाइते हुनेमा लुकुमकै वर्ष २६ की प्रतीक्षा बुढा र उहाँको ११ महिनाको छोरा सुभम बुढा, वर्ष २५ कि ब्युटी पुन र उहाँकी छोरी २३ महिनाकी समृद्धी पुन, लुकुमकै वर्ष ३ का सक्षम घर्ती घाइते हुनुभएको छ । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अटो चालक भुमे–१ का अन्दाजी २९ वर्षका जोते घर्ति भने सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताउनुभयो ।














