तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ रजौराका कमल डाँगीको परिवारले स्वर्गीय छोराको सम्झनामा मानव सेवा आश्रम तुलसीपुरमा रहेका आश्रितहरूलाई खाना खुवाएको छ ।

सुनचाँदी व्यवसायी संघ तुलसीपुरका कोषाध्यक्ष समेत रहनुभएका डाँगीले स्वर्गीय छोरा भानु डिसीको आत्माको शान्तिको कामना गर्दै सामाजिक भावनासहित आश्रममा पुगेर आश्रितहरूलाई भोजन गराउनुभएको हो । कमल परिवारहरुसँगै आश्रममा गएर सेवामा सहभागी भई वृद्धवृद्धा तथा असहायहरूलाई भोजन गराउनुभएको हो । साथै डाँगी परिवारले आश्रमलाई नगद १५ हजार रुपैंया पनि प्रदान गरेको छ ।

भोजन कार्यक्रममा स्वर्गिय भानुका हजुरवुवा इन्द्रबिर डाँगी, हजुरआमा शान्ता डाँगी, बुवा कमल डाँगी, आमा बन्दना डाँगी, दाई कबिर डाँगी, बहीनी प्राथना डाँगी, माधव बस्नेत र गणेश भण्डारीको सहभागिता रहेको थियो ।












