२०८२ मङ्सिर २१ गते आइतवार

दाङमा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते


दाङ । दाङमा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकका १८ वर्षका समीर खान र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १७ वर्षका रविन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घाइते दुवैको अवस्था मध्यम रहेको छ । दुबै जनालाई भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–४ पेट्रोल पप्प नजिक आज आइतबार बिहान साढे १० बजेतिर पश्चिमबाट पुर्व तर्फ गइरहेको चैतन्य पाठशालाको रा १ क १९८ नम्बरको स्कुल बस र पुर्व देखि पश्चिम तर्फ आइरहेको रा २ प ४२९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस