सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर चालक छत्रेस्वरी–६ गोदेका २५ वर्षीय देवेन्द्र सिंह रावतको मृत्यु भएको प्रहरीले जनाइएको छ ।
जिल्लाको छत्रेस्वरी गाउँपालिका–५ लेखपोखरादेखि लान्ती आउँदै गरेको रा १ त २४३८ नम्बरको ट्र्याक्टर छत्रेस्वरीको ढोरलाचौर नजिकै बुधबार राति सवा ८ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटना भएको ट्याक्टरको पछाडिको टायरले च्यापिएर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी नायव उपरीक्षक ह्मबहादुर केसीका अनुसार प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएएकोे छ ।
अनियन्त्रित भएर दुर्घटनामा परेको ट्याक्टर सडकदेखि १५ मिटर तल खसेको प्रहरी नायव उपरिक्षक केसीले जानकारी दिनुभयो ।












