दाङ । दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षिय केदार केसीको मृत्यु भएको हो ।
घोराही–तुलसीपुर सडकखण्ड अन्तगर्त घोराही–१० पशुपति बोर्डिङ नजिकै हिजो शुक्रबार साँझ ६ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले बिपरित दिशाबाट आउँदै गरेको केसी सवार रा २ प ११५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्कर दिने पिकअप भ्यान चालक र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।















