२०८२ मङ्सिर २१ गते आइतवार

तुलसीपुरको फूलवारीमा सडक कालोपत्रे शुरु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने राप्ती राजमार्गदेखि गिधनियासम्मको सडक कालोपत्रेको काम शुरु भएको छ । यो सडक राप्ती राजमार्गदेखि फूलबारी जोड्ने सडक हो । वडा अध्यक्ष मोहन पौडेलका अनुसार हाल यो सडक पाँच सय मिटर सडक कालोपत्रे भइसकेको छ ।

एक करोड लागतमा अहिले उक्त सडक कालोपत्रेका काम भइरहेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । सोही ठाउँमा २ हजार २ सय मिटर सडक कालोपत्रे हुने गरि काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाको बजेटबाट उक्त काम हुन लागेको हो । दाङको तुई उपत्यकाका रुपमा रहेको सोही ठाउँमा सडक कालोपत्रे नहुँदा समस्या रहेको थियो ।

सडक कालोपत्रे भएपछि सहज हुने वडाध्यक्ष पौडेलको भनाई छ । उहाँले सोही सडक कालोपत्रे गर्नका लागि निकै मेहनत गरेको बताउनुभयो । ओशिष कन्ट्रसनले उक्त सडक निर्माणको काम गरिरहेको छ ।

हाल राप्ती राजमार्गको सानो लेकदेखि गिधनियासम्म कालो पत्रे हुने र बाँकी रनियापुरको वडा कार्यालयसम्मको कालोपत्रेका लागि अर्को टेन्डर प्रक्रिया पनि अघि बढेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस