२०८२ माघ २५ गते आइतवार

काठ्माण्डौँ जाँदै गरेको बस दाङमा दुर्घटना


दाङ । काठ्माण्डौँ जाँदै गरेको बस आज बिहानै दाङमा दुर्घटना भएको छ । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका– १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा पुलबाट खोलामा खस्दा दुर्घटना भएको दाङ प्रहरीले जनाएको हो । आज बिहान करिब ३ बजे बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार डडेल्धुरा नबदुर्गा गाउँपालिकाका २१ वर्षका रिकेश धामी, अजयमेरु गाउँपालिका– १ का २७ वर्षका नरेश ताम्राकार, अम्मरगढि ७ पोखराका ३२ वर्षका शिबराज भट्राई, नबदुर्गा २ बेतपानिका २८ वर्षका खगेन्द्र बिक, सोही ठाँउका २७ वर्षका सन्जा महर, परशुराम नगरपालिका– ५ का २२ वर्षका नरेन्द्र प्रसाद भट्राई, कैलाली गोदावरी नगरपालिका– १० अतर्रियाका ३७ वर्षका महेन्द्र ओड, बैतडी मेलैरी नगरपालिका– ३ बस्ने ३८ वर्षका धुब चन्द रहेका छन् ।

यस्तै डडेल्धुरा भागेश्वर गाँउपालिका–४ का २२ वर्षका बिक्रम धामि, डडेल्धुरा नबदुर्गा गाँउपालिका–४ का ४७ वर्षका पार्वति बिष्ट, कैलालि महोलिया गाँउपालिका– १ का २१ वर्षका टेक बहादुर थापा, डडेल्धुरा नबदुर्गा २ बस्ने १९ वर्षका धन बहादुर ऐर, बैतडी सिँगास गाँउपालिकान–३ बस्ने २५ वर्षका एसोधा धामि, उहाँको छोरी १ वर्षका रिषिका बोहोरा, डडेल्धुरा नबदुर्गा १ बस्ने ४२ वर्षका जितेन्द्र बुढा ऐर रहेका छन् ।

यस्तै अम्मरगढि नगरपालिका–९ बस्ने ३१ वर्षका देबि सार्की, प्युठान झिममुरुक गाउँपालिका–१ बस्ने २७ वर्षका कमला गिरी, डडेल्धुरा अम्मरगढि नगरपालिका–९ बस्ने ३९ वर्षका मोहन सिँह सार्की, ५ वर्षका योगेश सार्की, अम्मरगढि नगरपालिका–६ बस्ने १७ वर्षका साजन कैनि, नबदुर्गा गाँउपालिका–१ बस्ने २२ वर्षका जुना बुढा र ५२ वर्षका भुनु देबि साउद रहेको डिएसपी शाहले जानकारी दिनुभयो ।

घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । बसमा ३८ जना सवार थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको डिएसपी शाहले जानकारी दिनुभयो ।

बस चालक डडेल्धुरा अम्मरगढि नगरपालिका– ७ बस्ने ३६ वर्ष राजेन्द्र कैनि वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस