दाङ । साइन रेसुङगा बैंक तुलसीपुर शाखाले सिरक वितरण गरेको छ । बैंकले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका–७ का अति विपन्न, असाहय, अशक्त तथा अपाङगता भएका व्यक्तिहरुलाई सिरक र टर्च लाईट वितरण गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडा भित्र रहेका अति विपन्न, असाहय, अशक्त तथा अपाङगता भएका ३० जना व्यक्तिहरुलाई सिरक र टर्च लाईट वितरण गरेको तुलसीपुर शाखाका प्रमुख दिपेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

तुलसीपुर शाखाका प्रमुख थापाको अध्यक्षता तथा तुलसीपर उपमहानगरपालिका–७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष जिसीले बैंकहरुले आर्थिक कारोबार मात्रै नभएर सामाजिक उत्तरदायित्व पनि बहन गरेको बताउनुभयो । उहाँले सबैले आ–आफ्नो ठाँउबाट सामाजिक उत्तरदायित्व बहन गरेमा समाज परिवर्तन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य शोभाराम भण्डारी, मानबहादुर राना, दिवानी चौधरी, डिला विश्वकर्माको उपस्थिती रहेको थियो ।
साइन रेसुङगा नारायणपुर शाखाका प्रमुख बिमल भुषालले विषय प्रवेश गराएको कार्यक्रमको सहजिकरण घोराही शाखा प्रमुख गणेश बुढाथोकीले गर्नुभएको थियो ।















