२०८२ माघ ८ गते बिहिवार

विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते


अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

लु २ च ५१७९ नम्बरको जीप भूमिकास्थान नगरपालिका–७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढा मगरको मृत्यु भएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन विद्यार्थी बोकेर जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनापछि प्रतियोगिताका सम्पूर्ण खेल स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस