रोल्पा । रोल्पामा भिरबाट लडेर गम्भिर घाइते भएका एक जनाको मृत्यु भएको छ । खर काट्ने क्रममा भिरबाट खसि गम्भिर घाइते भएका रोल्पा रुन्टिगढि गाँउपालिका–१ दाङचौर बस्ने ४८ वर्षका पार्वती बुढा क्षेत्रीको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार पार्वती पुस १४ गते दिउँसो १ बजेतिर खर काट्ने क्रममा भिरबाट खसि घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याइएको थियो । उहाँका टाउको,अनुहार र बाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पार्वतिको आइसीयुमा राखी उपचार भईरहेको थियो । पार्वतिलाई घर परिवारले आफुखुसी घर लगेका थिए । उहाँको आज बिहिबार बिहान साढे ६ बजेतिर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।














