दाङ । दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका –५ कोलही निवासी २२ वर्षिय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बस र रिहारदेखी लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको वुलेट मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यो दुर्घटना बेलुका साढे ५ बजेतिर भएको हो ।
बसमा सवार रहेका राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकलमा विशाल संगै सवार लमही नगरपालिका –५ कोलही निवासी असोक चौधरी र बसधनी सुशील वली घाइते भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















