२०८२ माघ २५ गते आइतवार

सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर मजदुरको मृत्यु


सल्यान । सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।

बन्गाड कुपिण्डे नगरपालिका–१० मा शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु भएको हो ।

सडक खन्ने क्रममा शुक्रबार ढुंगाले च्यापिएर पुन गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बन्गाड कुपिण्डे नगरपालिका १० का वडाध्यक्ष मोतीलाल घर्तीले बताउनुभयो ।

उहाँका अनुसार सडक किनारमा पर्खाल लगाउन तलबाट खनिरहेका बेला छेउबाट खसेको ढुंगाले पुन च्यापिएर गम्भीर घाइते हुनुभएको थियो । मजदुर पुनको मृत्यु भएपछि सडक निर्माण कार्य रोकिएको वडाध्यक्ष घर्तीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस