२०८३ जेष्ठ १३ गते बुधवार

दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु


दाङ । दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दाङको देउखुरीको कालाकाटेमा टिप्परले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको दाङ प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको छ । आज बिहीबार बिहान सवा ६ बजेतिर भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटोलाई ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक डबलबहादुर बमले गम्भीर घाइते पुनको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । अटोमा विद्यालय जान लागेको चार जना विद्यार्थी सवार रहेको र उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस