२०८३ जेष्ठ १३ गते बुधवार

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


प्युठान । प्युठानमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

बिजुवारबाट नौबहिनीतर्फ गइरहेको रा १ झ २३६ नम्बरको एम्बुलेन्स र लु ३७ प ७०२४ को नम्बरको मोटरसाइकल हिजो शनिबार दिउँसो ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक नौबहिनी गाउँपालिका– १ स्याउलिवाङका २१ वर्षीय कुशल गौचन थकालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते गौचनको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का एकजनाको सोही अस्पतालमा उपचार भइहेको छ । एम्बुलेन्सलाई प्रहरी नियन्त्रणमा दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस