दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । लमहीदेखि घोराही आउँदै गरेको लु २ ख ३२७७ नम्बरको सोमबार बिहान पौने ११ बजेतिर बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेमा चार पुरुष र तीन महिला रहेको प्रहरीले जनाएको छ । बस घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानीस्थित मसोट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले बताउनुभयो ।
घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अबस्था सामान्य रहेको छ ।














