दाङ । घोराहीमा भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । भ्यान चालक घोराही उपमहानगरपालिका–५ बसन्तपुरका २१ वर्षका प्रविन नेपाली र उहाँको श्रीमती घाइते भएको दाङ प्रहरीले जनाएको छ ।
चलकको अवस्था सामान्य रहेको र श्रीमतिको निधार र बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको भइरहेको प्रहरीले जनाएको छ । हिजो मंगलबार पौने १२ बजेतिर सौडियार बाट घोराही तर्फ जाँदै गरेको लु.प्र.०२–००१ च ०४५६ नंम्बरको भ्यान घोराही–७ सौडियार स्कुल नजिक सिमेन्टको विजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














