२०८२ फाल्गुन ३० गते शनिवार

चलचित्र पत्रकार संघ दाङको नयाँ कार्यसमिति चयन, अध्यक्षमा निरला अर्याल

दाङ। चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा निरला अर्याल सर्वसम्मत चयन हुनुभएको छ । संघको शनिबार तुलसीपुरमा भएको छैठौँ अधिवेशनले अर्यालको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा झग्गु भण्डारी चयन हुनु भएको छ । यस्तै सदस्यमा टेकराज भण्डारी, हिमाल महरा र दिपेन खत्री चयन हुनुभएको छ । संघको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ ।

नव नियुक्त संघका अध्यक्ष अर्यालले नयाँ कार्यसमितिले जिल्लामा चलचित्र पत्रकारितालाई अझै सशक्त बनाउँदै लैजाने बताउनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस