दाङ । गएको वैशाखदेखि फागुन मसान्तसम्म देशभर विपद्का ६ हजार ७९९ वटा घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको मृत्यु भएको छ । विपद्मा परेका ३८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै ११ महिनामा १ हजार ८१४ जना घाइते भएका छन् ।
विपद्का कारण १२ हजार ४ सय ५८ घरपरिवार प्रभावित भएका प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । ३ हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको मृत्यु भएको छ । ११ महिनामा बाढीका ३१८, पहिरोका ५९०, ठूलो वर्षाका ४२९, चट्याङका ३६७, सर्पदंशका ५९२, डढेलोका २४६ वटा घटना भएका छन् ।
यसैगरी हावाहुरीका २९२, जनावर आक्रमणका ४८८, लेक लागेका ११९ घटना भएका प्राधिकरणको तथ्याङ्क छ ।














