२०८३ जेष्ठ २७ गते बुधवार

प्रादेशिक अस्पताल तुलसीपुरका मेसु अधिकारीको सरुवा


दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको सरुवा भएको छ । अधिकारीको गुल्मी जिल्ला अस्पतालमा सरुवा गरिएको हो ।

डा. अधिकारीको ठाँउमा डा. मोहम्मद नुरुल होदा आउने बताइएको छ । लुम्बिनी प्रदेश सरकारको आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले कर्मचारी व्यवस्थापनसँग सम्बन्धित अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । बढुवा भएका कर्मचारीहरूको पदस्थापन गर्नुका साथै प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस