दाङ । प्युठानमा टिप्परको ठक्करबाट दाङका एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–८ पाडावाङमा टिप्परको ठक्करबाट दाङको राप्ती गाउँपालिका–१ भालुवाङका ३७ वर्षीय अशोक परियारको मृत्यु भएको हो ।
लुप्लुङबाट चुनढुङ्गा बोकेर बागदुलातर्फ जाँदै गरेको रा १ ख १८३९ नम्बरको टिपरले अधेरी–दम्ती सडकखण्डमा परियारलाई ठक्कर दिएको हो ।
परियार प्युठानमा मजदुरी गर्दैआउनुभएको थियो । ठक्करपछि उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
















