२०८३ जेष्ठ १३ गते बुधवार

दाङमा एक महिनामै सात जनाको सवारी दुर्घटनामा मृत्यु


दाङ । दाङमा एक महिनामा सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु भएको छ । फागुन महिनामा मात्रै सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुनमा २५ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा संलग्न सवारी साधनको संख्या ४८ रहेको छ । दुर्घटनामा ४५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

दुर्घटनाको मुख्य कारण तीव्र गति र मापसे (मद्यपान गरी सवारी चलाउने) रहेको डिएसपी बोहोराले बताउनुभयो । यस्तै ट्राफिक चेकजाँचका क्रममा प्रहरीले १ हजार ६४६ वटा कारबाही गरेको छ । सवारीसाधन कारबाहीबाट कुल १० लाख ७७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस