२०८३ बैशाख ६ गते आइतवार

राप्तीमा भालुको आक्रमणबाट मोटरसाइकलमा सवार एक जना घाइते


सिसहनियाँ । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा राप्ती गाउँपालिका–५ करङ्गेकोट निवासी अन्दाजी २५/२६ वर्षका महेन्द्र गाहामगर रहेका छन् । गएराती ८ बजेको समयमा देवीकोटबाट करङ्गेकोट घर तर्फ मोटरसाइकलमा आउँदै गर्दा चोरपोखरी गढी थुम्का भन्ने ठाउँमा भालुले आक्रमण गरेको स्थानीय चित्रबहादुर थापाले जानकारी दिनुभएको छ ।

घाइतेलाई तत्काल थापाकै नेतृत्वमा उद्वार गरि राप्ती आधारभूत अस्पताल कालापानी पुर्‍याइएको थियो । घाइतेको देव्रे खुट्टामा गहिरो चोट रहेको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस