२०८२ चैत्र १२ गते बिहिवार

गत वैशाखयता देशभर सात हजार बढी विपद्का घटना


दाङ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना भएका छन् । उक्त विपद्का घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् ।

यस्तै, एक हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणका अनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् ।

यसैगरी, वन डढेलो २७९, हुरी बतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ ।

यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई /दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक/एक घटना घटेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस