२०८२ चैत्र १९ गते बिहिवार

माबि सौडियारको बिब्यसको नेतृत्व छान्न जेठ २३ गते चुनाब


दाङ । श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारको दोस्रो अभिभाबक भेला सम्पन्न भएको छ । सर्बसहमतिमा बिद्यालय ब्यबस्थापन समितिको सदस्यहरु छान्न अभिभाबक भेला गरिएको हो ।

घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानगर शिक्षा महाशाखाबाट खटिएका मोति न्यौपानेको प्रमुख आतिथ्यता एब पुर्ब बिब्यस अध्यक्ष भिमप्रकाश खड्काको बिशिस्ट आतिथ्यतामा सम्पन्न भेलाले सर्ब सहमति नभए बिद्यालय ब्यबस्थापन समितिको नेतृत्व छान्न जेठ २३ गते चुनाब गर्ने निर्णय गरेको छ । तर, भेलाले चुनाबको अघिल्लो दिनसम्म पनि सर्बसम्मतको लागि पहल जारी राख्ने निर्णय पनि गरेको छ ।

भेलामा हनरियाबाट रञ्जु चौधरी, नैनवारबाट शान्ति चौधरी र जबरपुरबाट यमकला पुनलाई सर्बसम्मतरुपमा बिब्यस सदस्यमा चयन गरिएको छ भने बिद्यालय रहेको स्थान सौडियारबाट बिब्यस सदस्यको लागि धेरै आकाङ्क्‌िष भएकाले सहमति जुट्न नसकेकाले फेरि सहमतिका लागि पहल गरिने बिद्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस