प्यूठान । स्वर्गद्वारी जाने भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा एकजना बालिकाको मृत्यु भएको छ । आज बिहीबार स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जिप दुर्घटनामा ३ वर्षीया काब्या मौरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले बताउनुभयो । घाइते १७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको उहाँले जानकारी दिनुभयो ।
मुस्ताङ जिप आफै अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















