खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरले उपभोक्तालाई चामल खरिदमा छुटको व्यवस्था गरेको छ । यहि बैशाख ११ गतेदेखि कम्पनीले विभिन्न मुल्यका चामलमा छुट दिएको जनाएको छ ।
जसमा स्टिम जिरा चामल प्रति क्विनटल ८ हजार २ सयमा बिक्रि हुदै आएकोमा ५ सय रुपैयाँ छुट गरी ७ हजार ७ सयमा उपभोक्तालाई उपलब्ध गराइएको छ । अब एक बोरा स्टिम जिरा चामललाई १ हजार ९ सय २५ रुपैयाँ पर्ने छ ।
यसैगरी सोना मन्सुली चामल प्रति क्विनटल ५ हजार ८ सयमा बिक्रि भइरहेकोमा ५ सय छुटगरी ५ हजार ३ सयमा बिक्रि भइरहेको खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका कार्यालयका प्रमुख तुलमाया लोवाले जानकारी बताउनुभयो । अब सोना मन्सुली चामल प्रति बोरा १ हजार ३ सय २५ रुपैयाँ पर्ने छ ।
यस्तै मोटा चामल प्रति क्विनटल ५ हजार ४ सयमा बिक्रि भएकोमा ५ सय रुपैयाँ छुटसहित ४ हजार ९ सयमा बिक्रि गरिएको उहाँले बताउनुभयो । अब मोटा चामल प्रति बोरा १ हजार २ सय २५ पर्ने छ ।
यसैगरी चिनी प्रति क्विनटल १० हजारमा बिक्रि हुदै आएकोमा छुट ५ सयसहित ९ हजार ५ सयमा बिक्रि भइरहेको छ । अहिले चिनी प्रति किलो ९५ रुपैयाँमा बिक्रि भइरहेको उहाँको भनाइ छ ।















