जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । प्रशासनले नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी कामको लागि सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने बताएको छ ।
अब आउदो १८ गते शुक्रबार बैशाख पूर्णिमा अर्थात बुद्ध जयन्ती, जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस, भदौ १२ गते शुक्रबार रक्षाबन्धन, भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीका दिनमा पनि सेवा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।
यसैगरी पुस ९ गने बिहिबार उधौली पर्व, १० गते शुक्रबार क्रिसमस डे, पुस १५ गते बुधबार तमु ल्होसार, पुस २७ गते सोमबार पृथ्बी जयन्ती, माघ १ गते शुक्रबार माघे संक्रान्ति, फागुन ७ गते शुक्रबार राष्ट्रिय प्रजातन्त्र दिवसमा पनि काम गर्ने बताउनुभयो ।
फागुन २४ गते सोमबार अन्तराष्ट्रिय महिला दिवस, २५ गते मंगलबार ग्याल्पो ल्होसार, ईद उल फित्र र बकर ईद परेको दिनमा पनि कार्यालयले निरन्तर सेवा दिने उहाँले बताउनुभयो ।















