प्यूठान । प्युठानमा बाबुछोरी जलेर घाइते भएका छन् । घरायसी विवादका क्रममा पेट्रोल छर्किदा आगो लागेर बुबा–छोरी गम्भीर घाइते भएको प्रहरीले जनाएको हो ।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षिय सानू नेपाली र उहाँका १८ वर्षिया छोरी अञ्जली नेपाली घाइते भएका हुन् । हिजो घरायसी झगडाका क्रममा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाउने प्रयास गर्नुभएको थियो ।
सोही क्रममा छोरी अञ्जलीले रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको थियो । त्यसक्रममा दुवै जना जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालमा प्रराम्भिक उपचारपछि दुबैलाई मिसन अस्पताल पाल्पा रेफर गरिएको छ । स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको भट्टराईले जानकारी दिनुभएको छ ।















