दाङ । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लमिनारले दाङको तुलसीपुरमा आफ्नो नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ ।
तुलसीपुर–५ स्थित सिद्धार्थ मार्बल हाउस प्रालिसँगको सहकार्यमा यो अत्याधुनिक शोरुम सुरु गरिएको हो । शुक्रबार उद्घाटन गरिएको यस शोरुमले प्रिमियम टायलका लागि ठूला शहर वा आयातमा निर्भर रहनुपर्ने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य राखेको छ ।

अब स्थानीय बजारमै अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय टायल सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ । लमिनारका टायलहरू बर्दियास्थित कारखानामा उत्पादन हुन्छन् । पूर्ण भिट्रिफाईड प्रविधिबाट बनेका यी टायलहरू कम पानी सोस्ने र अत्यन्तै बलियो हुने, घर, होटल, कार्यालय तथा व्यावसायिक र सार्वजनिक स्थलका लागि उपयुक्त रहेको कम्पनिले जनाएको छ । यस्तै लामो समयसम्म टिक्ने र मर्मत खर्च कम लाग्ने गर्दछ ।
लुम्बिनी सेरामिक्सका भाइस प्रेसिडेन्ट गौरव बस्नेतका अनुसार दाङमा बढ्दो सहरीकरणसँगै गुणस्तरीय निर्माण सामग्रीको माग पनि बढ्दो रहेकाले ग्राहकलाई व्यवस्थित र गुणस्तरीय विकल्प प्रदान गर्नेछ ।

त्यस्तै, सिद्धार्थ मार्बल हाउस प्रालिका निर्देशक राम बहादुर खड्काले ग्राहकको बदलिँदो चाहनालाई लमिनारले पूरा गर्नेमा विश्वस्त रहेको बताउनुभयो । लमिनारले देशभर आफ्नो ‘एम्पोरियो’ शोरुम सञ्जाल विस्तार गर्दै टायल छनोट प्रक्रियालाई थप वैज्ञानिक र प्रयोगमुखी बनाउने योजना राखेको छ ।
















