२०८३ जेष्ठ २७ गते बुधवार

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


प्यूठान । प्यूठानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को गौमुखी गाउँपालिका–४ पुँजा लिवासे नजिक दुर्घटना हुँदा गौमुखी गाउँपालिका–१ अर्तुवाङका करिब २५ वर्षीय हेमराज मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

मोटरसाइकल र उहाँको शव सडकबाट तल खोलामा आज शनिबार बिहान फेला परेको थियो । मगर गौमुखी गाउँपालिका–५ ठुलावेशीस्थित आँखा उपचार केन्द्रमा कार्यरत रहेको बताइएको छ ।

उहाँ हिजो शुक्रबार साँझ घर फर्कने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस