२०८३ साउन ११ गते सोमवार

खोलामा डुबेर एक बालकको मृत्यु


प्युठान । प्युठानमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्य रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार आज शनिबार अपराह्न करिब साढे ४ बजेतिर खोलामा पौडी खेल्ने क्रममा बालक डुबेर घाइते भएका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा गएको टोलीले उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाएको थियो । उपचारकै क्रममा साँझ साढे ५ बजतिरे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस