२०८३ जेष्ठ २० गते बुधवार

तराई क्षेत्रमा आज पनि तातो दिन हुने

दाङ । दाङ उपत्यकासहित तराईका क्षेत्रमा आज पनि तातो दिनको प्रभाव रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने जनाएको हो ।

केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आद्र्रता बढ्नाले अत्यधिक गर्मी हुने अनुमान छ ।

अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र ‘हिट स्ट्रेसको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ ।

विषेश गरी दिउँसो ११ बजेदेखि ४ बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपडा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस